द्रुतमार्गमा कार्यरत एक कामदारको मृत्यु

लोकप्रिय

हेटौँडा, माघ २८ गते । मकवानपुरको भीमफेदी गाउँपालिका ८ स्थित महादेवटार छोक्रेडाँडामा निर्माणाधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) मा पुलको खाडल खन्ने क्रममा एक जना मजदुरको मृत्युभएको छ ।
द्रुतमार्गको १ नम्बर पुलको खाडल खन्ने क्रममा काम सकेर खाल्डोबाट मङ्गलबार साँझ टुचनमा बसेर आउने क्रममा टुचन मेसिनको ब्रेक फेल भई करिब २१ मिटर तल खसेर सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ५ घर भई फास्ट ट्रयाकमा कार्यरत २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले पाँचपोखरी थाङपाल–६ का ३७ वर्षीय जुल्फे तामाङलाई माथिबाट खसेको टुचनले ढाडमा लागेर घाइते भएको जानकारी दिनुभयो । तामाङलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ ।
घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ताजा समाचार

Related Articles