निष्पक्ष निर्वाचनका लागि वातावरण निर्माण गर्नुपर्छ

लोकप्रिय

हेटौँडा, फागुन ७ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा उहाँले मतदाताले भयरहित वातावरणमा आफ्नो गोप्य मताधिकार प्रयोग गर्न सक्ने अवस्था बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले देश निर्वाचनमय भएको भन्दै २००७ साल फागुन ७ लाई टेकेर त्यसपछिका महत्वपूर्ण राजनीतिक परिवर्तन भएको बताउनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनतालाई केन्द्रबिन्दुमा राखेर हामी सबैले काम गर्नुपर्ने बताउनुभयो । उहाँले प्रजातन्त्रमा बसेर प्रजातन्त्रलाई कमजोर बनाउनेलाई जनताले माफ गर्दैनन् भन्दै नेपाली जनताले अन्याय सहदैनन् भन्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ मूल समारोह समितिको आयोजनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा भएको कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीले पजातन्त्र दिवसको महत्वको बारेमा चर्चा गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles