मतदाता मताधिकारको प्रयोग गर्दै

लोकप्रिय

काठमाडौँ, फागुन २१ गते । आज नेपालमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान गर्ने दिन हो । मतदान गर्न तयार रहेका एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदानमा सक्रियतापूर्वक सहभागिता जनाउँदै छन् ।

देशभर तय गरिएका १० हजार ९८७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र तथा १४३ अस्थायी मतदान स्थल मतदातालाई स्वागत गर्न तयार पारिएको छ । उपत्यकामा आयोगका पदाधिकारी तथा जिल्लाहरूमा निर्वाचन अधिकृतसहितका कर्मचारीले मतदान स्थलको अनुगमन गर्नुभएको छ । अनुगमनपछि तयार भएकालाई थप व्यवस्थित गर्न र नपुग भएका कुरा थप्न निर्देशन दिइएको आयोगले प्रस्ट पारेको छ । आयोगका अनुसार यी केन्द्र मतदातालाई भव्य स्वागत गर्न आतुर छन् ।

मतदान केन्द्र र मतदान स्थलमा नेपाल र आमनेपाली नागरिकको सुन्दर भविष्य कोर्न मतदाताले आफ्नो शासकीय अधिकार आफ्नो मतमार्फत प्रतिनिधि सभा सदस्यहरूलाई सुम्पिने भएकाले पनि यो दिनलाई ऐतिहासिक मानिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले बताउनुभयो । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ अनुसार मतदान केन्द्र भन्नाले निर्वाचनमा मतदान गर्ने प्रयोजनका लागि प्रचलित सङ्घीय कानुनबमोजिम स्थापना गरिएको मतदान केन्द्र र उपकेन्द्र हुन्, जहाँ मतदाताले आफ्नो गोप्य मतदान गर्छन् ।

ताजा समाचार

Related Articles