हेटौँडा, फागुन २३ गते ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जारी मत गणनामा मकवानपुर क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार प्रकाश गौतमले भारी मतान्तरले अग्रता कायम गर्नुभएको छ ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जारी मत गणनामा मकवानपुर क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार प्रकाश गौतमले भारी मतान्तरले अग्रता कायम गर्नुभएको छ ।
हालसम्म ६० हजार बढी गणना गर्दा रास्वपाका गौतमले ३१ हजार ९३९ मत / नेकपा एमालेका उम्मेदवार रामेश्वर रानाले ७ हजार ६७९ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले ७ हजार ६७२ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार विजय गौतमले २ हजार ७९९ मत प्राप्त गर्नुभएको छ ।
राप्रपाका दिपक बहादुर सिंहले ३ हजार ५०३ मत प्राप्त प्राप्त गर्नुभएको छ । यसक्षेत्रमा कुल ९५ हजार ३१० मत खसेको थियो ।