एमाले अध्यक्ष पोखरेल पदमुक्त, कावा अध्यक्षको जिम्मेवारी लामालाई

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, फागुन २४ गते । नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखेरेललाई अध्यक्ष पदबाट पदमुक्त गरिएको एमाले मकवानपुरले जनाएको छ ।
अध्यक्ष पोखरेलले यसअघि आइतबारनै अध्यक्ष पदबाट राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गर्नुभएको थियो ।

पोखरेलले फेसबुकमार्फत राजीनामा घोषणा गरेपछि एमालेको जिल्ला सचिवालयको आइतबार बसेको बैठकले पोखरेललाई पदबाट मुक्त गर्ने निर्णय गरेको थियो ।
राजीनामाले पार्टी पंक्ति र सार्वजनिक रूपमा परेको भ्रमको खण्डन गर्दै उहाँलाई
पोखरेललाई पदबाट मुक्त गर्दै उपाध्यक्ष हिदम लामालाई कार्यवाहक अध्यक्षको रूपमा जिम्मेवारी दिने निर्णय बैठकले गरेको एमालले जनाएको । पार्टी सचिव सीता विष्टद्वारा जारी विज्ञप्तिमा एमाले मकवानपुरको ११ औँ अधिवेशनबाट निर्वाचित अध्यक्ष पोखरेल विगत पाँच महिनादेखि पार्टीको नियमित काम र सम्पर्कमा नरहेको भन्दै सामाजिक सञ्जालमा “जिम्मेवारीबाट राजीनामा दिएको” भन्ने अभिव्यक्तिप्रति जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

पार्टीको नियमित काम र गतिविधिमा सम्पर्क र सहभागिता नजनाई पार्टीलाई कुनै जानकारी नगरी मौन बसेका अध्यक्ष पोखरेलले निर्वाचन परिणामको विषयलाई लक्षित गरी आफ्नो अभिव्यक्ति सार्वजनिक गरेको विषयलाई पार्टीले गम्भिरताका साथ लिएको विज्ञप्तिमा भनिएको छ ।
साथै निर्वाचनबाट प्राप्त जनमतलाई कदर गर्ने, देश र जनताको पक्षमा, संविधान र लोकतन्त्रको रक्षा, विकास, समृद्वि र सुशासनमा दृढतापूर्वक लागि रहने प्रतिवद्धता एमाले मकवानपुरको बैठकले गरेको छ ।

ताजा समाचार

Related Articles