खासकुरा संवाददाता
हेटौँडा, फागुन २८ गते । हेटौँडा उपमहानगरपालिका १७ गैरीगाउँस्थित गिरी टोलमा गोठमा आगलागी भएको छ । स्थानीय आत्मालाल काफ्लेको गोठमा बिहीबार दिउँसो भएको आगलागीमा परी एक–एक वटा गाई र बाच्छो जलेर मरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गोठमा अचानक बिजुली सर्ट भइ आगलागी भएपछि अस्थायी प्रहरी पोष्ट हटियाबाट गएको प्रहरी टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट गोठ पूर्ण रुपमा जलेर नष्ट हुँदा चार लाख रुपियाँ बराबरको क्षति भएको र मानवीय क्षति नभएको प्रहरीको भनाई छ ।




