काठमाडौँ, फागुन २९ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिक शरीरको अन्त्येष्टि गरिएको छ। शुक्रबार पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको हो ।

मोहन प्रसादको ९७ वर्षको उमेरमा शुक्रबार बिहान ३ बजे भक्तपुर गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा निधनभएको थियो। अध्यक्ष ओलीका बुवा केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँ छोरीको घरमा बस्दै आउनुभएको थियो।

शारीरिक अवस्था जटिल भएपछि आज बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।अन्त्येष्टि अघि उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरु अस्पताल पुगेका थिए ।




