मकवानपुरकी विश्वकर्मासहित कांग्रेसद्वारा समानुपातिकमा २० जना सिफारिश

लोकप्रिय

हेटौँडा, चैत १ गते । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मकवानपुरकी पवित्रा विश्वकर्मासहित २० जनाको नाम सिफारिस गरेको छ ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दलित महिला कोटाबाट विश्वकर्माको नाम सिफारिश गरेको हो । कांग्रेसका प्रवक्ता देवराज चालिसेले आयोगले दिएको ढाँचा र कानुन बमोजिम बैठकले समानुपातिकतर्फ सांसद निर्वाचित गर्नका लागि १५ महिलासहित २० जनाको नाम सिफारिस गरेको जानकारी दिनुभयो । दलित महिला अधिकारकर्मी एवम् कांग्रेस महाधिवेशन प्रतिनिधि विश्वकर्मासहित दलित कोटाबाट हरिनादेवी कामी र मानबहादुर नेपालीको नाम सिफारिस गरेको छ ।

कांग्रेसले खसआर्य तर्फ सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, गंगा शाही र अर्जुननरसिंह केसी, आदिवासी जनजाति क्षेत्रबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी, भीष्मराज आङ्देम्बे, मधेशी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव, चन्द्रमोहन यादव, थारू कोटाबाट प्रमिलाकुमारी गच्छदार तथा मुस्लिम कोटाबाट शाहजान खातुनको नाम सिफारिस गरेको छ । कांग्रेसले गरेको सिफारिस कानुनबमोजिम भए नभएको परीक्षणपछि निर्वाचन आयोगले सूची सार्वजनिक गर्ने छ ।

ताजा समाचार

Related Articles