वडा सदस्यको निधनमा बकैयामा आज शोक बिदा

लोकप्रिय

हेटौँडा, चैत १२ गते । मकवानपुरको बकैया गाउँपालिकाले वडा सदस्यको निधनमा आज बिहीबार शोक बिदा गरेको छ ।
बकैया गाउँपालिका वडा नम्बर ११ का वडा सदस्य ज्ञानबहादुर गोलेको निधनमा गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको हो ।
बकैया गाउँपालिका वडा नम्बर ११ पिपलडाँडालेक सडक खण्डमा मङ्गलबार विद्युत् करेण्ट लागेर गोलेको मृत्युभएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद घिमिरेले बुधबारको अध्यक्षस्तरीय निर्णय अनुसार बिहीबार गाउँपालिकाभर शोक बिदा गरिएको जानकारी दिनुभयो ।
निर्णय अनुसार गाउँपालिका कार्यालय र कार्यालय मातहतका सम्पूर्ण कार्यालय, स्वास्थ्य तथा शिक्षण संस्थाहरुमा आकस्मिक बाहेकका सेवाहरु बन्द रहने गरी शोक बिदा दिइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत घिमिरेले हाल सञ्चालनमा रहेका सबै विद्यालयस्तरीय परीक्षहरु साविकै तालिका बमोजिम सञ्चालन हुने बताउनुभयो ।
वडा नम्बर ११ का वडाध्यक्ष गोपाल न्यासुर लामाका अनुसार लत्रेर रहेको बिजुलीको तारमा प्रवाह भएको करेण्ट लागेर वडा सदस्यको गोलेको मृत्युभएको आकलन गरिएको छ ।
करेण्ट लागेर गम्भीर भएका वडा सदस्य गोलेलाई हेटौँडा अस्पतालमा उपचारका लागि पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
विद्यालय जाँदै गरेका विद्यार्थीले सडक तारमा बेरिएर लडेको अवस्थामा देखेर स्थानीयलाई खबर गरेपछि गोलेको उद्धार गरिएको थियो ।
वडा सदस्य गाले वडा कार्यालयमा बैठकमा सहभागी हुन वडा कार्यालय जाँदै गर्दा करेण्ट लागेको हो ।
गोले २०७४ को स्थानीय तहको निर्वाचनबाट लगातार वडा सदस्यमा निर्वाचित हुँदै आउनुभएको थियो ।

ताजा समाचार

Related Articles