हेटौँडा, चैत १६ गते । मकवानपुर उद्योग वाणिज्य संघद्वारा हेटौँडामा आयोजित कृषि प्रदर्शनी २०८२ जारी रहेको छ ।
प्रदर्शनीमा सिन्धुली, काभ्रे, काठमाडौं, चितवन र मकवानपुर जिल्लाका विभिन्न पालिकाहरुबाट आफ्ना कृषि उपजलगायतका विभिन्न सामग्रीहरु प्रदर्शन तथा बिक्री भइरहेको छ ।
प्रदर्शनीमा सिन्धुली, काभ्रे, काठमाडौं, चितवन र मकवानपुर जिल्लाका विभिन्न पालिकाहरुबाट आफ्ना कृषि उपजलगायतका विभिन्न सामग्रीहरु प्रदर्शन तथा बिक्री भइरहेको छ ।मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षता तथा कृषि विकास निर्देशनालयका प्रमुख नारायणकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आइतबार कृषि सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निर्देशनालयका प्रमुख श्रेष्ठले सहभागिहरुलाई बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संचालन गरिरहेको विभिन्न कार्यक्रमहरु र कृषि क्षेत्रको विकासमा भईरहेका प्रयासका बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले कृषि अनुसन्धानको लागि विज्ञहरुको आवश्यक्ता पर्ने र सोको पूर्ती कृषि विश्वविद्यालयले गर्ने, कृषिका उत्पादनहरु निर्यात गर्नसक्ने भएपछि मात्र उचित मुल्य पाइने, विषादी प्रयोगको प्रोटोकल पालना गर्नुपर्ने अर्थात कुन विषादी कति, कसरी, कति समयपछि कृषि उपज उपभोग गर्न सकिने जस्ता विषय यकिन हुनुपर्ने पर्ने बताउनुभयो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा कृषि प्रवद्र्धन समितिका संयोजक निलम कुमारी पाण्डेले आफ्नो धारणा राख्नुभएको थियो ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिका कार्यालयसंगको सहकार्यमा आयोजित कृषि प्रदर्शनी सोमबार समापन गरिने भएको छ ।



