मकवानपुर, चैत १९ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ स्थित मोरे गाउँमा करेण्ट लागेर एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।
गाउँमा बिजुली लैजानको लागी बिहीबार दिउँसो पाँच/छ जना मिली फलामको बिजुलीको पोल गाड्ने क्रममा पोलले माथिको हाईटेन्सन लाईनमा छुन गई मकवानपुरगढी गापा २ मापुङका राजकुमार गोलेको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

करेण्ट लागेर तीन जना घाइते भएकोमा प्रहरी टोलीले उद्धार गरी उपचारको लागी चुरेहिल अस्पताल मकवानपुर पठाएकोमा अन्दाजी ३०/३५ वषीय गोले चुरेहिल अस्पतालमा उपचारको क्रममा साँझ १७ः४५ बजे डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
उक्त घटनामा मकवानपुरगढी गापा ७ सानडाँडाका अन्दाजी ५०/५५ को मानबहादुर गोले र मकवानपुरगढी गापा २ मोरेका वर्ष ३० का राजकुमार स्याङतान घाइते भई चुरेहिल अस्पतालमा उपचार भईरहेको छ ।




