नयाँ वर्षको पहिलो दिन मन्दिर तथा पर्यटकीय क्षेत्रहरुमा घुइँचो

लोकप्रिय

हेटौँडा, वैशाख १ गते ।  नयाँ वर्षको पहिलो दिन विभिन्न मन्दिर एवम् पर्यटकीय स्थलहरुमा घुम्न जानेको चहलपहल एवम् भिडभाड देखिएको छ ।
मकवानपुरको सहिद स्मारक, मकवानपुरगढी दरबार, मार्खु, चित्लाङ, त्रिखण्डी, भुटनदेवी मन्दिर, मनकामनालगायतका धार्मिक एवं पर्यटकीय स्थलमा बिहानैबाट मानसकहरु पुगेका थिए ।

देशका विभिन्न धार्मिक स्थलहरुमा भक्तजनहरुको विहानैदेखि घुइँचो लागेको थियो। यसैगरी, पर्यटकीय ठाउँहरुमा पनि नयाँ वर्ष मनाउन जाने नागरिकको विशेष चहलपहल रहेको थियो ।
पार्क र खुला चौरमा मानिसहरु पिकनिक खान भेला भएका छन् ।
यसैगरी, आज मङ्गलबार वैशाख १ गते नयाँ वर्ष अर्थात् बिशु पर्वले सुदूरपश्चिम प्रदेश, कर्णाली लगायत भारतको उत्तराखण्डमा छुट्टै रौनक छाएको छ ।
नयाँ वर्षको पहिलो दिनलाई यस क्षेत्रमा बिसु पर्वका रूपमा मनाउने चलन छ । बिसु पर्व मनाउन यहाँका गाउँबस्तीमा बाहिर गएकाहरू घर फर्कने चलन छ ।

ताजा समाचार

Related Articles