सांसदहरूसँग प्रधानमन्त्रीद्वारा छलफल

लोकप्रिय

काठमाडौँ, वैशाख २ गते । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका समानुपातिक सांसदहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज राष्ट्रिय गौरवका आयोजना तथा राजनीतिक महत्वका कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल भएको हो ।
छलफलमा सांसदहरूले आ–आफ्ना क्षेत्र र समुदायका समस्या र समाधानबारे धारणा राख्नुभयो ।

छलफलमा आ–आफ्नो क्षेत्रको विकासलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक कार्यनीति, कार्यक्रम तथा अवरुद्ध भएका आयोजनाहरू अघि बढाउने विषयमा छलफल भएको सांसदहरूले जानकारी दिनुभयो ।

सांसदहरुले दीर्घकालीन विकासका लागी सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धता पत्रमा उल्लेखित साझा प्रतिबद्धता कार्यान्वयन गर्न स्रोत सुनिश्चित गरी कार्यसम्पादनको समयसीमा समेत निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । छलफलमा सांसदहरुले शैक्षिक संस्थाहरूमा नैतिक शिक्षालाई प्रोत्साहन गर्नुपर्ने र प्रदूषण नियन्त्रणका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने लगायतका समसामयिक विषयहरूमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।

ताजा समाचार

Related Articles