कांग्रेसलाई नयाँ ढङ्गबाट अघि बढाउन प्रतिबद्ध छौँ

लोकप्रिय

विराटनगर, वैशाख ९ गते । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पुराना विवाद बिर्सेर पार्टीलाई  एकताबद्ध बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस कोशी प्रदेश समितिद्वारा विराटनगरमा आयोजित प्रदेश स्तरीय समीक्षा गोष्ठीमा उहाँले नेपाली काँग्रेसलाई नयाँ ढङ्गबाट अघि बढाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले आगामी १५ औ महाधिवेशनमा सबैलाई सहभागी गराउने जिम्मेवारी आफ्नो रहेको बताउँदै गत निर्वाचनमा रिसाएका १० लाख मतदातालाई पार्टीमा फर्काउने गरि आफूले काम गर्ने र त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । सभापति थापाले गत निर्वाचनमा पार्टीको घटेको १० लाख मतका सम्बन्धमा आवश्यक चिन्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले पार्टीलाई स्मार्ट बनाउन क्रियाशील सदस्यहरूको नवीकरण अद्यावधिक गर्न लागिएको भन्दै पार्टीका ज्येष्ठ सदस्यहरूको सदस्यता ऐतिहासिक भएकोले यसलाई डिजिटल गरी सुरक्षित गरिने प्रष्ट पार्नुभयो । उपसभापति पुष्पा भुसालले कार्यकर्ताहरूलाई हालै सम्पन्न निर्वाचनको परिणामबाट निराश नहुन आग्रह गर्नुभयो ।

महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो एवं सुदृढ बनाउन पार्टीका क्रियाशील सदस्यहरुले पार्टीको नीतिका विषयमा जनतालाई जानकारी दिनु जरुरी रहेको बताउनुभयो । अर्का महामन्त्री गुरुराज घिमिरेले पार्टीलाई पुनर्जीवन दिन वडा स्तर देखि केन्द्रसम्म अद्यावधिक गर्न लागिएको जानकारी दिनुभयो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button

ताजा समाचार

Related Articles