काठमाडौँ, वैशाख १० गते । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार भोलि मतदान हुनेभएको छ ।
निर्वाचन कार्यतालिका अनुसार आज मतदाताको अन्तिम नामावली प्रकाशनसम्म गरिएको छ।
भोलि अपरान्ह्र ३ बजे संसदीय दल नेता उम्मेदवारको मनोनयन हुनेछ। मतदान अपराह्न ४ बजेदेखि ५ बजेसम्म मतदानको सयम निर्धारण गरिएको छ ।

संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यको नाम चर्चामा रहेको छ ।
यसै बीच आजबसेको कांग्रेस सांसदहरुको बैठकबाट संसदीय दलको विधान पारित भएको छ ।
संसदीय दल नेता निर्वाचन गर्न गठित निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले ‘सांसदहरूको छलफलपछि विधान पारित भएर अनुमोदनका लागि पार्टीलाई पठाइसकिएको जानकारी दिनुभयो ।




