झापा, वैशाख १३ गते । झापाको भद्रपुर नगरपालिका-५ गौशालाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६ ट्याब्लेट सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्लेजुङ, फुङलिङ नगरपालिका-१ बस्ने २२ वर्षीय प्रताप मादेन र सोही नगरपालिका-५ ताप्लेजुङ बजार बस्ने २४ वर्षीय अनुप लामगदे रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ लागूऔषध सहित पक्राउ गरेको हो ।
बागलुङ, बागलुङ नगरपालिका-८ सिगाना बिमिरबोटबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४५ एम्पुल, नोर्फिन ४२ एम्पुल र फेनारगन ४४ एम्पुल सहित सोही ठाउँ बस्ने २६ वर्षीय रञ्जन घर्ती क्षेत्रीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।