नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शंखबुद्ध लामा

लोकप्रिय

हेटौँडा, वैशाख १९ गते । बागमती प्रदेश सरकारले नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शंखबुद्ध लामा नियुक्त हुनुभएको छ ।
बागमती प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम अध्यक्ष पदमा नियुक्त हुनुभएका लामालाई बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको छ ।
बागमती प्रदेश सरकारले जारी गरेको नमोबुद्ध क्षेत्र विकास समिति (गठन) आदेश २०८२ का आधारमा बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार लामा समितिको अध्यक्ष पदमा नियुक्त हुनुभएको मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
उहाँले बागमती प्रदेशमा रहेका महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलहरूको संरक्षण र प्रवद्र्धन गर्दै यस्ता धार्मिक स्थलहरूमा प्राप्त हुने विभिन्न भेटी, चन्दा, दान एवं उपहारहरूको सम्भावित दुरूपयोगलाई रोकी प्रदेश र स्थानीय सरकारको संचित कोषमा ल्याई राजश्व वृद्धिमा टेवा पु¥याउने उद्देश्यले नमोबुद्ध क्षेत्र विकास समिति गठन गरेको बताउनुभयो ।
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा एक हजार रोपनीमा नमोबुद्ध क्षेत्र फैलिएको छ ।

मन्त्री श्रेष्ठले समिति मार्फत व्यवस्थापन हुने गरी गरिएको निर्णयले नमोबुद्ध दर्शन गर्न आउने भक्तजनहरूबाट प्राप्त हुने भेटी दान एवं चन्दा रकमको सदुपयोग भई नमोबुद्ध क्षेत्रको संरक्षण र प्रवद्र्धनमा योगदान पुग्ने बताउनुभयो ।
नमोबुद्ध क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक, आध्यात्मिक, सांस्कृति, ऐतिहासिक एवं प्राकृतिक दृष्टिकोणले विकास गर्न समिति गठन गरिएको हो । समितिले धार्मिक सांस्कृतिक विकाससम्बन्धी योजना तथा कार्यक्रम तयार गर्ने, स्वीकृत गर्ने र कार्यान्वयन गर्ने छ ।
साथै काभ्रेपलाञ्चोक जिल्लालगायतका विभिन्न जिल्लामा रहेका बौद्ध तीर्थस्थलहरुसँग समितिले समन्वय गर्नसक्ने गरी जिम्मेवारी पाएको छ । समितिले कार्यकारी निर्देशकसहित आवश्यक कर्मचारी राख्ने पाउने गठन आदेशमा उल्लेख छ ।
त्स्विरः बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शंखबुद्ध लामालाई नियुक्ति पत्र हस्तान्तरण गर्नु हुँदै ।

ताजा समाचार

Related Articles