जीएसलाई भलिबलको उपाधि

लोकप्रिय

हेटौँडा, वैशाख १९ गते । शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को व्यवस्थापन तथा हेटौँडा–४ नम्बर वडा कार्यालयको आयोजनामा भएको छैटौँ जिल्लास्तरीय शिक्षक भलिबलको उपाधि हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतनले हात पारेको छ । मकवानपुरगढी–५ स्थित शारदा माध्यमिक विद्यालयलाई शनिबार भएको प्रतियोगिताको फाइनलमा पराजित गर्दै जीएस निकेतनले ३–२ को सेटमा उपाधि जितेको हो । प्रतियोगिता शनिबार हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको थियो ।
गत वर्ष भएको पाँचौँ संस्करणमा जीएसलाई हराएर शारदाले उपाधि जितेको थियो ।

प्रतियोगिताका उपाधि विजेता जीएस निकेतनले नगद २५ हजार रुपियाँसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गरेको छ । उपविजेता शारदा माविले १५ हजार रुपियाँसहित मेडल र ट्रफी प्राप्त गरेको छ । यसअघि शनिबार बिहान सम्पन्न सेमीफाइनल खेलमा राक्सिराङ गाउँपालिकाको सूर्योदय माविलाई पराजित गर्दै शारदा मावि र जीएसले राक्सिराङ गाउँपालिकाकै प्रजाजागृति माध्यमिक विद्यालयलाई पराजित गर्दै फाइनल प्रवेश थियो ।
सेमिफाइनलमा पराजित भएका दुवै विद्यालयले सान्त्वना पुरस्कार स्वरुप समान पाँच–पाँच हजार रुपियाँ प्राप्त गरेको छ ।
शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति रामेश्वर राना र हेटौँडा उपमहानगरपालिका ४ का वडाध्यक्षलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles