रास्वपाद्वारा रोल्पामा गाडी दुर्घटनाको तीन दिनपछि दुःख व्यक्त

लोकप्रिय

काठमाडौँ, वैशाख १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गरेको छ।  दुर्घटना भएको तीन दिनपछि रास्वपाले शनिबार विज्ञप्ती जारी गरी मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको हो ।
रूकुम पूर्वबाट रोल्पाको जलजला जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप रोल्पाको थवाङ गाउँपालिका–१मा बिहीबार दिउँसो दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो।

रास्वपाका प्रवक्ता मनिष झाले शनिबार विज्ञप्ति जारी गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
यस घटनाले देशको सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको रास्वपाको भनाइ छ।
‘यस्ता दुर्घटना केवल तथ्यांक मात्र नभई नागरिकको जीवनसँग जोडिएका संवेदनशील विषय हुन्,’ विज्ञप्तिमा भनिएको छ।

ताजा समाचार

Related Articles