राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी

लोकप्रिय

काठमाडौँ, वैशाख २० गते। राष्ट्रपति रामचन्द्र पौडेलले  ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गर्नुभएको हो।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गर्नुभएको प्रवक्ता शाक्यले जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि २०८२ असार २५ मा पेस भएकोमा सन्देशसहित उक्त विधेयक फिर्ता पठाइएको छ।

ताजा समाचार

Related Articles