मकवानपुर, वैशाख २२ गते । बागमती नदी तर्ने क्रममा काभ्रेपलाञ्चोकबाट मकवानपुरतर्फ आउँदै गरेका एक व्यक्तिलाई माथिबाट आएको आकस्मिक भेलले बगाउँदा मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–७ का करिब ४५–४६ वर्षीय मङ्गलबहादुर रुम्बा रहनुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार सोमबार दिउँसो उहाँआफ्नै घरबाट करिब पाँच सय मिटर पश्चिमतर्फ रहेको बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाएर बेपत्ता हुनुभएको थियो ।

बेपत्ता भएपछि आफन्तहरूले खोजतलास गर्ने क्रममा मकवानपुरको बागमती गाउँपालिका–५ दोभानस्थित बागमती खोला किनारमा उनको शव फेला परेको थियो । शव उहाँको भतिजा आकाश रुम्बाले सनाखत गर्नुभएको हो । घटनाको मुचुल्का तथा आवश्यक अनुसन्धानपछि शव परीक्षणका लागि मङ्गलबार बिहान १ः२० बजे हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।




