बागमती गोल्डकपः चित्लाङले मछिन्द्रलाई हरायो

लोकप्रिय

हेटौँडा, वैशाख २२ गते । मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । बागमती गाउँपालिका ४ स्थित सहिद स्मृति रङ्गशालामा मङगलबार भएको खेलमा चित्लाङ एफसीले मछिन्द्र एफसीलाई १–० गोलले पराजित गरेसँगै प्रतियोगिताको सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो ।

चित्लाङको जीतमा एरोन थापाले ८६ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । प्लेयर अफ दि म्याच थापा घोषित हुँदै १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । यो हारसँगै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ । सेमिफाइनल प्रवेश गरेको चित्लाङले बिहीबार सिमराको नव जनजागृति क्लबसँग खेल्ने भएको छ ।
प्रतियोगिताको सेमिफाइनल खेलहरु बुधबार देखि सुरु हुनेछ । पहिलो सेमिफाइनलमा फ्रेन्ड्स क्लब, ललितपुर र बागमती युथ क्लब सर्लाहीबिच प्रतिस्पर्धा हुने छ। फाइनल खेल वैशाख २६ गते हुने भएको छ ।

ताजा समाचार

Related Articles