बागमती गोल्डकपको फाइनलमा चित्लाङ एफसी प्रवेश

लोकप्रिय

हेटौँडा, वैशाख २४ गते । मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा चित्लाङ एफसी, काठमाडौँ प्रवेश गरेको छ ।
बागमती गाउँपालिका ४ स्थित सहिद स्मृति रङ्गशालामा बागमती गोल्डकपको आठौं संस्करण अन्तर्गत बिहीबार भएको दोस्रो खेल सेमिफाइनल खेलमा सिमराको नवजनजागृती क्लबलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै चित्लाङ गोल्डकपको फाइनलमा पुगेको हो ।
चित्लाङका लागि विदेशी खेलाडी सोलोमन किङले खेलको ४३ औँ र ८७ औँ मिनेटमा, एरोन थापाले ७८ औँ र ८१ औँ मिनेटमा तथा समीर तामाङले ७९ औँ मिनेटमा गोल गर्नुभएको थियो । जनजागृतीका लागि विक्रम लामाले ८३ औँ मिनेटमा एक गोल गर्नुभयो ।

चित्लाङका सोलोमन प्लेयर अफ दि म्याच घोषित हुँदै १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।
यसअघि चित्लाङले एपीएफलाई हराउँदै क्वाटरफाइनल र क्वाटरफाइनलमा मछिन्द्रलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
चित्लाङले अब उपाधिका लागि शनिबार सर्लाहीको बागमती युथ क्लबसँग भिड्ने छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई हराउँदै बागमती फाइनल प्रवेस गरेको छ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख एक हजार र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपियाँ प्राप्त गर्नेछन् ।

ताजा समाचार

Related Articles