खासकुरा संवाददाता
हेटौँडा, वैशाख २९ गते । नेपाली कांग्रेसको केन्द्रीय समितिमा १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।
केन्द्रीय सदस्यमा मनोनित हुनेमा निवर्तमान केन्द्रीय पदाधिकारीसमेत रहेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार महेन्द्र यादव—धनुषा, जीवन परियार—कास्की, उमेश श्रेष्ठ—चितवन, रमेश रिजाल—पर्सा, सुजाता कोइराला—मोरङ, दिलेन्द्रप्रसाद बडू—दार्चुला, डा. चन्द्रकान्त भण्डारी —गुल्मी, अजयकुमार चौरसिया—पर्सा, लक्ष्मी परियार—उदयपुर, आङ्गेलु शेर्पा—सोलुखुम्बु, दिनेशकुमार यादव—सप्तरी, राजीव कोइराला—सुनसरी, राजीव ढुंगाना—सुनसरी, प्रा.डा. गोविन्दराज पोखरेल—प्यूठान, सुशीला मिश्र भट्ट—कैलाली, नागिना यादव—महोत्तरी, दिनेश कोइराला—चितवन, डा. जीवन राना—कैलाली र सीता थपलिया (उर्मिला)—धादिङ मनोनित गरिएको हो ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम कांग्रेसका सभापति गगनकुमार थापाले सोमबार महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएका हो ।




