मकवानपुरमा एसइईमा ५१ प्रतिशतभन्दा कम उत्तीर्ण

लोकप्रिय

हेटौँडा, वैशाख २९ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा मकवानपुरमा ५०.९९ प्रतिशत विद्यार्थी उत्तीर्णभएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाई मकवानपुरका अनुसार जिल्लाका पाँच हजार ५२७ जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये दुई हजार ८१८ जना विद्यार्थीले माथिल्लो कक्षा भर्ना हुनका लागि आवश्यक ग्रेड प्राप्त गरेका छन् ।
एसइईको सोमबार सार्वजनिक भएको नतिजा अनुसार परीक्षामा सहभागी भएकामध्ये दुई हजार ७०९ जना विद्यार्थी नन् ग्रेडेड (एनजी) भएका छन् ।

एसइईमा सहभागीमध्ये मकवानपुरका दुई जना सामुदायिक र ११ जना संस्थागत विद्यालयका गरी १३ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । २०८१ को एसइई परीक्षामा उत्तीर्ण प्रतिशत ४६.८६% र पाँच जनाले ४ जीपीए ल्याएका थिए ।
मकवानपुरबाट ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ४३६, ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने ७८९ जना, २.८ जीपीएदेखि ३.२ जीपीए ल्याउने ९८२ जना विद्यार्थी छन् । यस्तै २.४ जीपीएदेखि २.८ जीपीए ५५५ जना र २ जीपीएदेखि २.४ जीपीए ल्याउने विद्यार्थी ४३ जना रहेको एकाईले जनाएको छ ।

एसईई २०८२ मा मकवानपुरका चार सामुदायिक विद्यालयको नतिजा शून्य रहेको छ ।
गत शैक्षिक सत्रमा सात वटा विद्यालयको एसइईको नतिजा शून्य रहेको थियो ।

ताजा समाचार

Related Articles