मोवाइल व्यवसायी महासंघको महासचिवमा आचार्यको उम्मेदवारी

लोकप्रिय

हेटौँडा, वैशाख २९ गते । नेपाल मोवाइल व्यवसायी महासंघको निर्वाचनमा हेटौँडाका व्यवसायी छतेन्द्र आचार्यले महासचिव पदमा उम्मेदवारी दिनुभएको छ । आगामी जेठ १ र २ गते काठमाडौँमा हुने महासंघको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा आचार्यले महासचिवमा उम्मेदवारी दिनुभएका हो ।

मोवाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरका संस्थापक अध्यक्ष आचार्यले मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरी उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो । उम्मेदवारी दर्ता गराएसँगै आचार्यले महासचिवमा निर्वाचित भएपछि साना तथा ठुला मोवाईल व्यवसायीहरुलाई एकीकृत गर्ने र महासंघको सचिवालयलाई व्यवस्थित बनाउने बताउनुभयो ।
आचार्य यसअघि केन्द्रीय उपाध्यक्ष र केन्द्रीय सदस्य भई सक्नुभएको छ ।

महासंघमा २७ हजारभन्दा बढी मोवाइल व्यवसायीहरु आवद्ध रहेका छन् । जिल्ला शाखाबाट महाधिवेसनमा एक हजार पाँच सयभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने छ । मकवानपुरबाट सात जना प्रतिनिधिहरुले सहभागिता रहने जनाइएको छ । आचार्यसँगै मकवानपुरबाट केन्द्रीय सदस्यमा म्यान मकवानपुरका निवर्तमान अध्यक्ष नवराज चौलागाई र महासंघ बागमती प्रदेश समितिका पूर्व कोषाध्यक्ष तथा म्यान मकवानपुरका निवर्तमान महासचिव मिलन स्याङ्तानले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
पत्रकार सम्मेलन मोवाईल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरका अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको थियो ।

 

ताजा समाचार

Related Articles