यातायात व्यवसायी महासङ्घको अध्यक्षमा सिटौला

लोकप्रिय

लेखनाथ, वैशाख ३० गते । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनले पुण्यप्रसाद सिटौलाले महासङ्घको अध्यक्षमा निर्वाचित गरेको छ । वैशाख २७ गते पोखरामा सुरु भएको महाधिवेशन बुधबार नयाँ नेतृत्व गर्दै सम्पन्नभएको हो ।
अध्यक्षमा सिटौला एक हजार ३० मतसहित निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी हरिशरण केसी चार सय ६४ मत प्राप्त गर्नुभयाृे । तीन वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, ऐनकुमार साई र केदारप्रसाद पौडेल निर्वाचित हुनुभएको छ ।
महासङ्घको महासचिवमा डेकनाथ गौतम, कोषाध्यक्षमा राजेन्द्र आचार्य, उपाध्यक्षहरुमा चन्द्र ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी निर्वाचित हुनुभएको महासङ्घले जनाएको छ ।

यस्तै उपमहासचिवत्रयमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम थापा, सचिवत्रयमा उमेश केसी, चेतप्रसाद गौतम र टेकप्रसाद बस्याल निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा राजेन्द्र आचार्य र सहकोषाध्यक्षमा शोभाखर पौडेल चुनिनुभएको । महासङ्घको ८६ पदका लागि एक हजार छ सय ६३ प्रतिनिधिले मतदान गरेका थिए । नवनिर्वाचित अध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै अहिलेको अवस्थामा यातायात व्यवसायीका समस्या सुल्झाउन लाग्ने वाचा गर्नुभएको छ ।

ताजा समाचार

Related Articles