निर्माण व्यवसायी सङ्घद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ३१ गते । निर्माण व्यवसायी सङ्घ मकवानपुरले निर्माण आयोजनाहरुको मूल्य समायोजन गर्न माग गरेको छ ।
इन्धन र निर्माण सामाग्रीमा भएको मूल्य वृद्धि हुँदा निर्माण लागत बढेकोले आयोजनामा मूल्य वृद्धि अनुसार मूल्य समायोजन गर्न माग गर्दै सङ्घले बिहीबार जिल्ला प्रशासन कार्यालय, मकवानपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
सङ्घले बजारमा निर्माण सामाग्रीहरुको मुल्यवृद्धि हुने र अर्कोतर्फ राष्ट्र बैङ्कबाट जारीहुने मूल्य सूचकाङ्क वास्तविक नहुने भन्दै मूल्य समायोजनको व्यवस्था गर्न माग गरेको छ ।
सङ्घका अध्यक्ष बालगोपाल कंडेलले निर्माण व्यवसायीहरुले पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यपछि निर्माण सामाग्रीहरुमा भईरहेको मूल्यवृद्धिले निर्माण उद्योग समस्यामा परेको बताउनुभयो ।

यस्तै सङ्घका महासचिव राजेन्द्र चौलागाईले निर्माणको कामको भुक्तानी अभाव, निर्माण समाग्री अभाव, मूल्य वृद्धिलगायतका कारण चालु आर्थिक वर्ष २०८२/०८३ भित्र सम्पन्न हुनुपर्ने निर्माण कार्यहरू पुरा गर्न नसकिने अवस्था आएको बताउनुभयो ।
निर्माण कार्य हुने अहिलेकै समयमा इन्धन सामाग्रीहरुमा भएको भारी मूल्यवृद्धिले निर्माण व्यवसायीहरुलाई ठुलो आर्थिक भार बढेको सङ्घले बुझाएको ज्ञापनपत्रमा भनिएको छ । ज्ञापन पत्र ज्ञापनपत्र बुझाएपछि निर्माण व्यवसायीहरु जिल्ला प्रशासन कार्यालय, मकवानपुर अगाडि आफ्ना माग पूरा गर्न माग गर्दै आधा घण्टा धर्नामा बसेका थिए ।

ताजा समाचार

Related Articles