काठमाडौँ, जेठ ३ गते। काठमाडौँको चन्द्रागिरी नगरपालिका मच्छेगाँउ स्थित मत्स्य नारायण मन्दिरमा आजदेखि एक महिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला सुरु भएको छ।

धार्मिक मान्यता अनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजा–आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास रहेको छ। यही विश्वासका साथ भक्तजनहरू मच्छेनारायण मन्दिरमा दर्शन तथा पूजाआजाका लागि पुग्ने गर्छन् ।




