मकवानपुर, जेठ ७ गते । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ५ मा एक जनाको लडेर मृत्युभएको छ । ईन्द्रसरोवर गाउँपालिका ५ स्थित भित्री सडक खण्डमा स्थानीय सुशीला घिसिङको बुधबार सडकबाट तल खसेर मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

सोही वडाका वडाध्यक्षले २३ वर्षीया घिसिङले बच्चालाई नजिकैको मनकामना बाल विकास केन्द्र पुर्याएर घर फर्किने क्रममा लडेर सडकबाट तल खसेको जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

घटनास्थलको मुचुल्का पश्चात् शव परीक्षणका लागि टिचिङ अस्पताल काठमाडौँ पठाइएको प्रहरीको भनाइ छ ।




