खासकुरा संवाददाता
हेटौँडा, जेठ ८ गते । मकवानपुरको भीमफेदी गाउँपालिका ८ महादेवटारमा निर्माणाधीन काठमाडौँ तराई मधेश द्रुतमार्गमा शुक्रबार बिहान टिपर दुर्घटना भएको छ ।
ना ८ ख ४४६५ न.को पार्किङमा स्टार्ट गरी राखेको अवस्थामा अचानक गुड्न गई करिब दुई सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवनपुरले जनाएको छ ।
टिपर धनी हेटौँडा उपमहानगरपालिका १६ का ५० वर्षीय सूर्यलाल श्रेष्ठले इलाका प्रहरी कार्यालय, ठिंगनमा जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुग्दा मानवीय क्षति नभएको र सवारी साधन पूर्णरुपमा क्षति भएको पाइएको छ ।




