खासकुरा संवाददाता
हेटौँडा, जेठ ८ गते । मकवानपुरको थाहा नगरपालिका वडा नं ६ वज्रबाराहीस्थित वज्रबाराही माध्यामिक विद्यालयमा अध्यापनरत रही अनिवार्य अवकाश प्राप्त गर्नुभएका दुई जना शिक्षकलाई विद्यालयले बाजागाजासहित बिदाइ गरेको छ ।
विद्यालयमा लामो समयसम्म अध्यापनरत रही सेवा निवृत्त शिक्षकद्वय रमेश जोशी र पुरुषोत्तम सुवेदीलाई शुक्रबार विद्यालयले सम्मानसहित बिदाइ गरेको हो ।
विद्यालयले कार्यक्रम आयोजना गरी माध्यामिक शिक्षा परीक्षा (एसइई) मा उत्तीर्ण विद्यार्थी र विषयगत शिक्षकको सम्मान, विद्यालयमा नयाँ भर्ना हुन आउने विद्यार्थीहरुको स्वागतसँगै अवकाश प्राप्त प्रावि शिक्षकद्वय जोशी र सुवेदीलाई सम्मानसहित बिदाइ गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम जोशीले दुवै शिक्षकलाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी र अभिभावक विद्यालयमा औपचारिक कार्यक्रमपछि नेवारी बाजा र ¥यालीसहित घरमानै पु¥याएर बिदाइ गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, विद्यालयमा लामो समयसम्म शिक्षण सेवामा संलग्न भई महत्वपूर्ण योगदान पु¥याएवापत अवकाशपछि पनि उहाँको योगदानलाई स्मरणीय र चीरस्थायी बनाउन सम्मान गर्दै बाजागाजासहित बिदाइ गरिएको हो ।
उहाँले अगाडि भन्नुभयो, दुवै शिक्षकको यस क्षेत्रको शैक्षिक जागरणसँगै उन्नयनमा महत्वपूर्ण योगदान रहेको छ ।
जोशीले ४२ वर्ष र सुवेदीले प्रावि तहमा अध्यापन गराउँदै अवकाश प्राप्त गर्नुभएको हो ।




