नवनियुक्त पाँच मन्त्रीको शपथ ग्रहण

लोकप्रिय

जनकपुरधाम, जेठ १२ गते । मधेस प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा नवनियुक्त ५ जना मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रीपरिषद्को कार्य विभाजन तथा मन्त्रीपरिषद्को पुनर्गठनपछि नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा कर्णले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

जिम्मेवारी अनुसार युवराज भट्टराई अर्थमन्त्री, लखन दास तत्मा खेलकुद तथा समाज कल्याण, शारदा देवी थापा श्रम तथा यातायात, मनोज कुमार सिंह शिक्षा तथा संस्कृति र नागेन्द्र साह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रहनुभएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबिच १५ बुँदे समझदारी भएपछि मन्त्रिपरिषद् विस्तार भएको हो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button

ताजा समाचार

Related Articles