चाडपर्वहरूले राष्ट्रिय एकतालाई मजबुत बनाउन मद्दत गर्छ

लोकप्रिय

हेटौँडा, जेठ १४ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बकर इद (इद–उल–अज्हा) पर्वले नेपाली समाजमा सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद–उल–अज्हा) का अवसरमा बिहीबार शुभकामना दिँदै उहाँले हरेक चाडपर्वको आफ्नै ऐतिहासिक तथा विशिष्ट महत्व हुने बताउनुभयो । आपसी सद्भावको प्रतीकका रूपमा मनाइने बकर इदले नेपालीबिच सामाजिक एकता कायम राख्दै राष्ट्रिय एकता तथा समुन्नत र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा प्रेरणा मिल्ने उहाँको भनाइ छ ।

प्रदेश प्रमुख देवकोटाले हजरत इब्राहिमको त्याग, बलिदान र अल्लाहप्रतिको समर्पणको सम्झनामा मनाइने यस पर्वले आपसी सहयोग, सद्भाव र भ्रातृत्वको भावना प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्दैआएको उल्लेख गर्नुभएको छ । “हाम्रो बहुसांस्कृतिक, बहुभाषिक तथा बहुधार्मिक विशेषता बोकेको समाजमा यस्ता सांस्कृतिक चाडपर्वहरूले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ मजबुत बनाउन मद्दत गर्छन्” उहाँले भन्नुभएको छ ।

उहाँले नेपालजस्तो बहुसांस्कृतिक विशेषतायुक्त समाजमा बकर इद लगायतका पर्व कुनै एक समुदायमा सीमित नभइ राष्ट्रिय पर्वका रूपमा स्थापित भएको धारणा व्यक्त गर्नुभयो । प्रदेश प्रमुख देवकोटाले बकर इद पर्वले सबै नेपालीबिच एकता, सहिष्णुता र मेलमिलाप कायम गरी समृद्ध र समुन्नत समाज निर्माणमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले बागमती प्रदेशसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।

ताजा समाचार

Related Articles