काठमाडौँ, जेठ १४ गते । जनता समाजवादी पार्टी, नेपालले विचार, सिद्धान्त र उद्देश्य मिल्नेसँग पार्टी एकता गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको उक्त वार्ता समितिमा सहअध्यक्ष रकम चेम्जोङ, रेणु यादव र डा. सुरेन्द्र झा सदस्य रहनुभएको छ । पार्टीका प्रवक्ता मनिष सुमनले पार्टीको केन्द्रीय समन्वय समितिको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जनता समाजवादी पार्टी, नेपालको हालै सम्पन्न केन्द्रीय समन्वय समितिको बैठकबाट आफूसँग विचार, सिद्धान्त, उद्देश्य मिल्ने अन्य दल र पक्षहरुसँग सहकार्य, एकता, गठबन्धन, मोर्चा बनाउने उद्देश्यले पार्टीका नेता रकम चेम्जोङ, रेणु यादव र डा। सुरेन्द्र झा सहितको तीन सदस्यीय समिति गठन गरेको छ ।”

उहाँका अनुसार वार्ता समितिले आगामी दिनमा बैठक बस्नेछ र एकता वा गठबन्धनका लागि वार्ता अगाडि बढाउनेछ । उहाँले भन्नुभयो, “वार्ता समितिको बैठक बसेर सिद्धान्त मिल्नेसँग संवाद गर्नेछ ।”




