काठमाडौँ, जेठ १५ गते । सरकारले कर्मचारीको तलब बृद्धि गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज बजेट बक्तव्यमार्फत राष्ट्रसेवक कर्मचारीको तलब भत्ता बृद्धि गर्ने घोषणा गर्नुभएको हो । उहाँले बेसिक तलब स्केलमा १० प्रतिशत बृद्धि गरिएको घोषणा गर्नुभएको छ ।

अर्थमन्त्री डा वाग्लेले कर्मचारीको न्यूनतम पारिश्रमक अब ४० हजार र अधिकतम १ लाख माथि हुनेगरी तलबमान कायम गरिएको बताउनुभयो । तलब बृद्धि र भत्तासमेतगरी २१ प्रतिशतको हाराहारीमा तलब बढ्ने अर्थमन्त्रीको भनाइ थियो ।

विगत लामोसमयदेखि कर्मचारीको तलब बढ्न नसकेको र न्युनतम जीवन यापनमा समेत कठिनाइ हुने गरेको भन्दै अर्थमन्त्री डा वाग्लेले नयाँ तलवमान कायम गरिएको उल्लेख गर्नुभयो । नयाँ तलब स्केल साउन १ बाट लागु हुनेछ ।




