चलचित्र कलाकर्मी र पत्रकार सम्मनित

लोकप्रिय

हेटौँडा, जेठ १५ गते । चलचित्र पत्रकार सङ्घ मकवानपुर शाखाले चलचित्र कलाकर्मी र चलचित्र पत्रकारहरुलाई सम्मान गरेको छ ।
सङ्घले राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको समेत अवसरमा शुक्रबार हेटौँडामा चलचित्र कलाकर्मी र चलचित्र पत्रकारहरुलाई सम्मान गरेको हो ।
सम्माति हुनेमा चलचित्र कलाकर्मी हेटौँडामा विष्णुप्रसाद सापकोटा तथा पत्रकारद्वय कृष्ण भट्टराई र सुवास बिडारी रहनुभएको छ ।
कार्यक्रममा चलचित्र पत्रकार सङ्घ नेपालका उपाध्यक्ष दीप ज्योति थापाले सापकोटालाई धनमान श्रेष्ठ स्मृति चलचित्र कलाकर्मी सम्मान २०८३, भट्टराईलाई नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३ र बिडारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८३ प्रदान गर्नुभयो ।

पुरस्कार प्रदान गर्दै उपाध्यक्ष थापाले प्रविधिका कारण पत्रकारिता क्षेत्रका प्रतिस्पर्धासँगै चुनौती बढेको बताउनुभयो ।
चलचित्र पत्रकार सङ्घ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ४ का वडाध्यक्ष नवीन सिग्देल, उपमहानगरपालिका सामाजिक विकास महाशखा प्रमुख भीम तिमिल्सना, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु, नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, पत्रकार महासङ्घ बागमती प्रदेशका पूर्व अध्यक्ष प्रताप विष्ट, पत्रकारहरु कृष्ण भट्टराइ, सरिता दाहाल, दर्शन क्षेत्रीलगायतले चलचित्र पत्रकारिताका विभिन्न आयामहरुका बारेमा बोल्नुभएको थियो ।

ताजा समाचार

Related Articles