उपाध्यक्ष कप भलिबलको उपाधि वडा नं. ३ को पोल्टामा

लोकप्रिय

हेटौँडा, असार ७ गते । मकवानपुरको कैलाश गाउँपालिकामा आयोजित चौथो उपाध्यक्ष कप रनिङ शिल्ड प्रतियोगितामा गतवर्षको साविक विजेता वडा नं. ५ लाई हराउँदै वडा नं. ३ ले उपाधि जितेको छ । प्रतियोगिताको आइतबार भएको फाइनल खेलमा वडा नं. ३ ले वडा नं. ५ लाई २५–१२,२२–२५, २५–२३, २५–२१ अङ्कले पराजित गर्दै उपाधि हात पारेको हो ।
उत्कृष्ट प्रशिक्षक वडा नं. ३ का श्रीराम महर्जन, उत्कृष्ट खेलाडीमा वडा नं. ३ कै नवराज मुक्तान, उत्कृष्ट ब्लकर वडा नं. ५ का हिरा लो, उत्कृष्ट स्पाईकर वडा नं. ३ का नवीन रिजाल, उत्कृष्ट डिफेन्डर वडा नं. ५ का विजय तामाङ, उत्कृष्ट सेटर वडा नं. ५ का गोविन्द मुक्तान र उदयीमान खेलाडीमा वडा नं. ८ का विधान थिङलाई पुरस्कृत गरिएको थियो ।
कैलाश ३ भवानी माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा विजेतालाई ७५ हजार र उपविजेता ५० हजार रुपियाँ पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र गाउँपालिका अध्यक्ष लोक मोक्तानले प्रदान गर्नुभयो । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा नौ वटा वडाको सहभागिता रहेको समितिका अध्यक्ष मोहन वाइवाले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles