थाहाको बजेट ९० करोड ९७ लाख

लोकप्रिय

हेटौँडा, असार ८ गते । मकवानपुरको थाहा नगरपालिकाले आगमी आर्थिक वर्ष २०८३÷०८४ का लागि ९० करोड ९७ लाख ४४ हजार रुपियाँ बराबरको बजेट ल्याएको छ । थाहानगर सभाको २१औं अधिवेशनमा नगर उपप्रमुख भरत गोपालीले पेश गर्नुभएको थियो ।
प्रस्तुत बजेट तथा कार्यक्रमलाई नगर प्रमुख विष्णु बहादुर विष्टले निर्णयार्थ सभामा पेश गर्नुभएकोमा सभाले सर्वसम्मतिले पारित गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ल्याइएको कूल बजेटमा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान १२ करोड ४३ लाख, समपूरक अनुदान १ करोड ३ लाख, सशर्त अनुदान ३१ करोड २८ लाख, राजस्व बाँडफाँड ११ करोड १० लाख ९१ हजार र दहत्तर बहत्तरबाट १ करोड ५० लाख बेहोर्ने उल्लेख छ ।

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान १ करोड १२ लाख १७ हजार, समपुरक अनुदान २ करोड ४० लाख, विशेष अनुदान ७० लाख, सशर्त अनुदान २ करोड ६६ लाख २२ हजार र राजस्व बाँडफाँड ५ करोड ७४ लाख १३ हजार ८९५ गरी १२ करोड ६२ लाख ५२ हजार ८ सय ९५ रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।
बाँकी रकम नगरपालिकाको आन्तरिक राजस्व, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा अन्य स्रोतबाट व्यवस्थापन गरिने जनाइएको आगामी आवको बजेटमा उल्लेख छ । नगरपालिकाले आन्तरिक आय वृद्धि, कर प्रशासन सुदृढीकरण तथा स्रोत व्यवस्थापनमार्फत बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने योजना बनाएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा कृषि उत्पादन वृद्धि, स्थानीय सडक तथा पूर्वाधार निर्माण, खानेपानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरण, युवा तथा खेलकुद विकास, महिला तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण र पर्यटन प्रवर्धनलाई विशेष प्राथमिकतामा राखिएको छ।

ताजा समाचार

Related Articles