विश्वकपको नकआउट तालिका

लोकप्रिय

काठमाडौँ, असार १६ गते । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका सबै खेल सम्पन्न भएसँगै नकआउट चरण (राउन्ड अफ ३२) को समीकरण पूरा भएको छ। अब उपाधि दौडमा रहेका ३२ टोलीले अन्तिम १६ मा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्। राउन्ड अफ ३२ को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा आमनेसामने हुनेछन्। दोस्रो खेलमा ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुनेछ।

राउन्ड अफ ३२ को खेल तालिका : जुन २९ मा दक्षिण अफ्रिका vs क्यानडा र ब्राजिल vs जापान, जुन ३०: जर्मनी vs पराग्वे, नेदरल्यान्ड्स vs मोरक्को र आइभरी कोस्ट vs नर्वे , जुलाई १: फ्रान्स vs स्विडेन, मेक्सिको vs इक्वेडर र इङ्ल्यान्ड vs डीआर कंगो , जुलाई २: बेल्जियम vs सेनेगल र अमेरिका vs बोस्निया एन्ड हर्जगोभिना , जुलाई ३: स्पेन vs अस्ट्रिया, पोर्चुगल vs क्रोएसिया, स्विट्जरल्यान्ड vs अल्जेरिया र अस्ट्रेलिया vs इजिप्ट जुलाई ४: अर्जेन्टिना vs केप भर्डे र कम्बोडिया vs घाना

समूह चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै अघि बढेका टोलीहरू अब नकआउट चरणमा एक हारसँगै प्रतियोगिताबाट बाहिरिने भएकाले सबै खेल थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। उपाधिका दाबेदार मानिएका टोलीहरूका साथै यसपटक उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ टोलीले पनि अन्तिम १६ मा स्थान बनाउन कडा चुनौती प्रस्तुत गर्नेछन्।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button

ताजा समाचार

Related Articles