हेटौँडाको रातोमाटेमा गाडी दुर्घटनामा परी छ जना घाइते

लोकप्रिय

मकवानपुर, असार १६ गते । महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन् । वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा‍‍. प्र. ०६–००१ ज. ०४६९ नम्बरको विद्युतीय गाडी मङ्गलवार दिउँसो जङ्गली जनावरले बाटो काट्दा चिप्लिएर सडकको बायाँतर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाडीमा चालकसहित आठ जना सवार रहेकोमा छ जना घाइते भएका र उनीहरूलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

गाडीका चालक काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१० का ५६ वर्षीय दिलीप सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त दुर्घटनाबाट गाडीमा क्षति पुगे पनि सडक अवरोध भने नभएको प्रहरीको भनाइ छ ।

ताजा समाचार

Related Articles