बिदाको समयमा विद्यार्थीलाई सीप

लोकप्रिय

हेटौँडा, असार १६ गते । हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा–४ को व्यवस्थापनमा सञ्चालित विद्यार्थी उद्यमशीलता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको समापनमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले विद्यालय तहबाट नै व्यावसायिक सीप विद्यार्थीलाई प्रदान गर्नुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावसायिक सीप प्रदान गरी दक्ष, व्यावसायिक, स्वरोजगार र आत्मनिर्भर बनाउन आवश्यक रहेको भन्दै सीप बिना सैद्वान्तिक ज्ञानले मात्र आजको प्रतिस्पर्धात्मक समयमा आफ्ना र समाजको आवश्यकता पूरा गर्न सम्भव नभएको बताउनुभयो ।

स्थानीय सरकारको मातहतमा विद्यालय आईसकेकोले विद्यालयबाट व्यावसायिक सीप प्रदान गर्न स्थानीय सरकारले नै ध्यान दिनपर्नेमा उहाँले जोड दिनुभयो । ४ नं. वडाभित्र रहेका न सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी हप्ताको दुई दिन सीपमूलक तालिम प्रदान गरिएको हो । कपाल काट्ने २५ जना, व्यूटिपार्लर २५ जना र ईलेक्टिकल २५ जना गरी ७५ जना विद्यार्थीलाई तालिम दिईएको थियो ।
कार्यक्रममा श्रमिक मावि, विध्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईँ, भुटनदेवी माविका प्रअ सूर्य घिमिरेको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles