हेटौँडाको हार्डवेयर पसलमा आगलागी

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार २४ गते । हेटौँडा उपमहानगरपालिका ४ मेन रोड स्थित एक हार्डवेयर पसलमा आगलागी भएको छ ।
राष्ट्रिय बाणिज्य बैक नजिक सटर बन्द रहेको हार्डवेयर पसलमा बुधबार बिहान ५ः०० बजेको सकयमा आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीय रुद्र नारायण साहको एक तल्ले पक्की घरमा रौतहटको बडहर्वा घरभएकी अनिता जैसवालले संचालन गरेको शिव सप्लायर्स हार्डवेयर पसलमा आगोलागी भएको हो । उक्त आगो नेपाल प्रहरी र हेटौँडा उपमहानगरपालिकाको दमकलको सहयोगमा बिहन ५ः२० बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । आगोलागीबाट भएको क्षतिको विवरण खुल्न बाँकी रहेको र आगो करेन्ट सर्ट भएर लागेको हुन सक्ने प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles