सुर्खेत, असार ३१ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । प्रदेश सरकार सञ्चालनको सत्ता साझेदार दल नेपाली काँग्रेसबाट सहभागी मन्त्रीहरूले दिनुभएको सामूहिक राजीनामा स्वीकृत गर्नुभएसँगै मुख्यमन्त्री कँडेलले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।

सरकारमा सहभागी सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले आज मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाउनुभएको थियो ।

मुख्यमन्त्री कँडेलले चार जना मन्त्रीहरूको राजीनामा स्वीकृत गर्नुहुँदै मन्त्रिपरिषद्मा हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठनको लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभयो ।




