अर्जेन्टिना विश्वकपको फाइनलमा

लोकप्रिय

काठमाडौँ, असार ३२ गते । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकास्थित एटलान्टा स्टेडियममा बिहीबार बिहान भएको खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ गोलले हरायो । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा अर्जेन्टिनाले पुनरागमन जित निकालेको हो ।

मेस्सी जारी विश्वकपमा सर्वाधिक आठ गोल गर्दै गोल्डेन बुटको दौडमा हुनुहुन्छ । लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको अर्जेन्टिनाले उपाधि रक्षाका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि पहिलो सेमिफाइनल खेलमा स्पेनले साविक उपविजेता फ्रान्सलाई २–० गोलले हराएर फाइनलमा प्रवेश गरेको हो ।

ताजा समाचार

Related Articles