विश्व च्याम्पियन बन्न भिड्दै स्पेन र अर्जेन्टिना

लोकप्रिय

काठमाडौँ, साउन ३ गते । फिफा विश्वकप फुटबल २०२६ को फाइनल अन्ततः युरो च्याम्पियन स्पेन र दक्षिण अमेरिकी तथा विश्व च्याम्पियन अर्जेन्टिनाबिच हुने भएको छ । जुन अर्जेन्टिनाका कप्तान लियोनेल मेसीका लागि विश्वकप ट्रफी उचाल्ने अर्को खेल बन्न सक्छ । गत मार्चमा अर्जेन्टिना र स्पेनबिच कतारको लुजाइल रङ्गशालामै खेल हुने तय भएको थियो । युरोपेली च्याम्पियन र दक्षिण अमेरिकी च्याम्पियनबिच हुने ‘फिनालिसिमा’ मा यी दुई टिमले खेल्नुपर्ने थियो तर अमेरिका/इजरायलले इरानमाथि आक्रमण गरेपछि सो खेल रद्द गरियो । यद्यपि यी दुई टिमबिचको भिडन्त यसै वर्ष हुनै पर्ने लेखिएको रहेछ । अब आइतबार राति न्युजर्सीमा यी दुई टिम अझ ठुलो ट्रफीका लागि एकअर्कासँग भिड्दै छन् ।

यो फाइनल दक्षिण अमेरिकाविरुद्ध युरोप तथा जोसविरुद्ध अनुभवको पनि हुने छ । यो खेललाई महान् खेलाडीका रूपमा सम्भवतः अन्तिम पटक विश्वकपको मञ्चमा भिड्दै गरेका अर्जेन्टिनी लियोनेल मेसी र भविष्यमा महान् खेलाडी बन्न सक्ने खेलाडीका रूपमा लिइएका १९ वर्षीय स्पेनका विन्गर लामिने यमालको भिडन्तका रूपमा पनि लिइएको छ ।

ताजा समाचार

Related Articles