पर्यटकीय गाउँमा टिष्टुङमा मिनी ग्रेटवाल

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ८ गते । मकवानपुरको पर्यटकीय गाउँ टिष्टुङमा मिनी ग्रेटवाल निर्माणाधीन रहेको छ ।
थाहा नगरपालिका वडा नम्बर १२ को पोखरीचौर हुँदै टल्कुडाँडा पुग्ने गरी करिब चार सय मिटर लम्बाईको टल्कु हिल मिनी ग्रेटवाल निर्माण अन्तिमचरणमा पुगेको हो ।
नेपाल पर्यटन बोर्डको लगानीमा निर्माणाधीन उक्त मिनी ग्रेटवालको तीन सय मिटर क्षेत्रमा सिंढी निर्माण, ढुङ्गा बिछ्याउनेलगायतका कार्य सम्पन्न भएको छ ।
मिनी ग्रेटवालसँगै चौतारो, विश्राम स्थल, शौचालयलगायतका संचरनाहरु निर्माण गर्ने योजना बनाइएकोमा चौतारो निर्माण पूरा भएको निर्माण कार्यमा सहजीकरण गर्दै आउनुभएका धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर ५ का आइतकुमार तामाङले जानकारी दिनुभयो ।
थाक्रे गाउँपालिकाको सिमानामा निर्माणाधीन मिनी ग्रेटवाल त्रिभुवन राजपथ अन्तर्गत धादिङको दामेचौरबाट थाक्रे गाउँपालिका हुँदै पाँचपोखरीसम्म कच्ची सडकबाट पुग्न सकिने भन्दै उहाँले साउन महिनाभित्रमा मिनी ग्रेटवाललगायतका बाँकी संरचना निर्माण गर्ने गरी काम भईरहेको बताउनुभयो ।
थाक्रे गाउँपालिका ५ स्थित पोखरीचौर सामुदायिक होमस्टेका सञ्चालकसमेत रहनुभएका तामाङले पर्यटन बोर्डबाट विनियोजित रकमबाट दक्षिणकाली नगरपालिकामा नौ सय मिटर लम्बाईको पर्यटकीय गारेटो बाटोलगायतका सरचना निर्माण गरी बाँकी बजेटबाट मकवानपुरका काम भईरहेको बताउनुभयो ।
उता थाहा नगरपालिका १२ का वडाध्यक्ष टीका लामाका अनुसार वर्षाका कारण पर्यटन मिनी ग्रेटवाल निर्माणको काममा केही ढिलाई भएको छ ।
े वडाध्यक्ष लामाले टल्कुडाँडा ऐतिहासिक स्थलपनि भएको भन्दै यो क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने तयारीमा रहेको बताउनुभयो ।
उहाँले मिनीग्रेट वाल, खुला चौर टल्कुडाँडा, मनकामना मन्दिर, मुलाबारीलगायतका स्थललाई समेटेर पर्यटन प्रवद्र्धनका योजना बनाइने बताउनुभयो ।
मिनी ग्रेटवालल तीन मिटर चौडाइको बन्ने छ । पर्यटन प्रवद्र्धनका सबै संरचनाहरु थाहा नगरपालिका १२ बन्ने भएको छ ।

 

ताजा समाचार

Related Articles