कैलाशमा भिरबाट लडेर एकको मृत्यु

लोकप्रिय

मकवानपुर, साउन ९ गते । मकवानपुरको कैलाश गाउँपालिका–९ कुवापानीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार स्थानीय ४५ वर्षीय ईश्वर थिङको भिरबाट लडेर मृत्यु भएको हो।

शुक्रबार अपराह्न घरबाट करिब पाँच सय मिटर उत्तरतर्फ रहेको कुवापानीको भित्री सडकखण्डमा नयाँ खोलिएको सडकबाट करिब ६० मिटर तल खसेर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। यसैबिच, हेटौँडा उपमहानगरपालिका–१६ शक्तिखोला बाघझोडाका अन्दाजी ५०–५५ वर्षीया पार्वती रुम्बा आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। उक्त घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ताजा समाचार

Related Articles