खासकुरा संवाददादाता
हेटौँडा, साउन ८ गते । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासलले हेटौँडा उपमहानगरपालिका १६ स्थित कृषि विषय अध्यापनरत जनप्रिय हेटौँडा क्याम्पसको अवलोकन भ्रमण गर्नुभएको छ ।
राजदूत बासले क्याम्पसको शुक्रबार अवलोकन भ्रमण गर्दै क्याम्पसको शैक्षिक गतिविधिलगायतका बारेमा जानकारी दिनुभएको थियो ।
हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख एवम् जनप्रिय हेटौँडा क्याम्पस सञ्चालक समितिकी अध्यक्ष मीनाकुमारी लामा, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वली, क्याम्पस प्रमुख अतिश पण्डितलगायतले राजदूत बासलाई क्याम्पसमा स्वागत गर्नुभएको थियो ।
सो अवसरमा उपमहानगरपालिका र क्याम्पसको तर्फबाट उपमहानगरपालिका र क्याम्पसका गतिविधि तथा भावी योजनाका बारेमा प्रस्तुतिकरण गरिएको थियो ।
राजदूत बासले भ्रमणका क्रममा क्याम्पसको भौतिक पूर्वाधार अवलोकनसँगै सञ्चालित कृषि विषयका शैक्षिक गतिविधिहरू, प्रयोगात्मक अभ्यास तथा क्याम्पसको समग्र सञ्चालन अवस्थाबारे अभिरुचिपूर्वक जानकारी लिनुभयो । सो अवसरमा
इजरायली आधुनिक कृषि प्रविधि र शैक्षिक सहकार्यका सम्भावनाबारे लफल गरिएको थियो ।
कार्यक्रममा क्याम्पसको कृषि शिक्षालाई थछ व्यावहारिक र आधुनिकीकरण गर्न इजरायली प्रविधि तथा अनुभव उपयोगी हुने चर्चा भएको बताउनु भयो ।




