खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन १८ गते । हेटौँडा उपमहानगरपालिका १५ रातोमाटे चेकपोस्ट नजिकबाट १२.७६० ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगर, हेटौँडाबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ०३–००१ प ४९८६ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार हेटौँडा उपमहानगरपालिका १ चाइनागेट बस्ने अन्दाजी २८ वर्षीय भीमसेन राजथलाको पर्सबाट १२ ग्राम ७६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको हो । पक्राउ पर्नेमा हेटौँडा १ चाइनागेट बस्ने अन्दाजी २५ वर्षीय अर्जुन राजथला, सोही स्थान बस्ने अन्दाजी २८ वर्षीय भीमसेन राजथला, ३४ वर्षीय रबिन न्यौपाने र हेटौँडा ४ कर्रा बस्ने अन्दाजी २४ वर्षीय सन्देश घोरासाइनी रहेका छन् ।
प्रदेश ०३–००१ प ४९८६ नम्बर र ना ४४ प ४७८६ नम्बरका दुई वटा मोटरसाइकल, बरामद लागुऔषध तथा पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा थप अनुसन्धान भइरहेको छ ।

ताजा समाचार

Related Articles